२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

तुलसीपुर नगर जेसीजद्वारा निर्मित पुस्तकालयमा उत्प्रेणामुलक पुस्तक हस्तान्तरण

दाङ, ७ असोज । तुलसीपुर नगर जेसीज २०२३ द्वारा  निर्मित पुस्तकालयमा आज तुलसीपुर नजर जेसीज २०२४ ले उत्प्रेणामुलक पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

तुलसीपुर नगर जेसीज २०२४ का अध्यक्ष पुर्ण बिक्रम डाँगी लगायतको टिमले ईलाका प्रहरी कार्यलय तुलसीपुरमा नगर जेसीज २०२३ द्वारा निर्मित पुस्तकालयका लागी आज उत्प्रेणामुलक पुस्तक हस्तान्तरण कार्यक्रम सप्पन्न गरेको हो । 

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोख्रेलले पुस्तक अध्ययन गर्नुले ज्ञानसँगै समयको सदुपयोग हुने र असल मानिस संगै सभ्य समाजको निर्माण गर्न सकिने बताए ।

यस्तै उनले यहाँ आउने थुनुवा हरु विभिन्न अपराधमा मुछिएर आउने भएको हुँदा ती थुनुवा हरुले पनि यस्ता उत्प्रेणामुलक पुस्तक अध्यन गर्दा उनिहरुलाई पनि आगामी दिनमा नकारात्मक भन्दा सकारात्मक बाटोमा हिड्न उत्प्रेरणा गर्ने समेत बताए ।

यस्तै नगर जेसी २०२४ का अध्यक्ष पूर्ण विक्रम डाँगीले नगर जेसीजले विगतमा गरेका समाजमा सकारात्मक सँगै छाड्ने क्रियाकलापलाई निरन्तरता दिएको बताए । नगर जेसीज २०२३ ले स्थापना गरेको पुस्तकालयमा आफूहरूले ८० / ९० थान समाजलाई सकारात्मक संदेश छाड्न सक्ने र अपराधमा मुछिएका हरुलाई पनि आगामी दिनमा आफ्नो जीवन लाई सकारात्मक बाटोमा हिड्न उत्प्रेणा गर्ने पुस्तक हस्तान्तरण गर्न सफल भएको बताए ।

वोड सल्लाहकार सन्दीप भुसालको स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रममा तुलसीपुर नगर जेसी २०२३ का अध्यक्ष शालिकराम वली लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण नगर जेसिस २०२४ का महासचिव कमल प्रसाद शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस