२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

भोलिदेखि देशभरका विद्यालय ३ दिन बन्द गरिने

काठमाडौ, १२ असोज । वर्षासँगै आएको बाढीपहिरोबाट क्षति पुगेपछि सरकारले आइतवारदेखि ३ दिन विद्यालय बन्द गर्ने भएको छ । देशभरका शैक्षिक संस्थामा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जनाउँदै शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमानसिंह श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । विपद्को घडीमा तीनै तहका सरकार, गैरसरकारी क्षेत्र तथा आमनागरिक सबैलाई विपद् व्यवस्थापनमा जुट्न सरकारले आह्वान गरेको छ । सरकारले विश्वविद्यालय लगायत सबै शैक्षिक संस्थाका परीक्षा समेत रोक्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस