२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

कपुरकोट गाउँपालिका स्वास्थ्य तर्फ जिल्लामै उत्कृष्ट

दाङ, २१ असोज । सल्यानको कपुरकोट गाउँपालिका स्वास्थ्य कार्यक्रम तर्फ जिल्लामै पहिलो पालिका भएको छ । स्वास्थ्य कार्यक्रम तर्फ १५ वटा विभिन्न सूचकहरू पुरा गरेर जिल्ला प्रथम भएको भन्दै सम्मान गरिएको हो ।  स्वास्थ्य कार्यालय सल्यानले आयोजना गरेको २ दिने जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा कपुरकोट गाउँपालिकालाई सम्मान गरिएको हो ।

 पूर्ण खोप पालिका घोषणा, पालिकामा रहेका सबै गर्भवती महिलाले अस्पतालमा पुगेर सुत्केरी सेवा लिएको, २४ महिनासम्मका सबै बालबालिकाको तौल उमेर अनुसार पुगेको, पालिकामा आधारभूत तहको स्वास्थ्य अस्पताल निर्माण गर्ने पहिलो पालिका भएको, ,स्तरीय एम्बुलेन्स सेवा सञ्चालन गरेको , सार्वजनिक बिदामा स्वास्थ्य सेवा दिएको, ३/३ महिनामा अशक्त र ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा दिएको, ग्रामीण भेगमा पुगेर गर्भवती महिलालाई अल्ट्रा साउन, सेवा दिएको लगायतका  सूचकलाई आधार बनाइएको थियो ।

यस अघि  आर्थिक वर्ष २०७९ /०८० मा कार्यसम्पादन तर्फ जिल्लामा प्रथम, प्राकृतिक स्रोत तथा वित्त आयोगमा पनि जिल्लामा प्रथम, स्थानीय तह स्वमूल्याङकन, स्थानीय तह वित्तीय जोखिम मूल्याङ्कनमा कर्णालीमा प्रथम र देशमै तृर्तिय र प्रधानमन्त्री रोजगार कार्यक्रम  तर्फ पनि कर्णालीमा प्रथम स्थान हासिल गरेको थियो । नेतृत्व र कर्मचारीको कार्य कुशलताका कारण महत्वपूर्ण स्थानहरू हासिल गर्न सफल भएको कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले बताएका छन ।  

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस