२०८२ मङ्सिर २९ गते आइतवार | 2025 December 14th Sunday

पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालत लगिँदै

पोखरा, ४ कार्तिक । काडमाडौँमा पक्राउ गरेर शुक्रबार साँझ पोखरा लगिएका रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत लगिने भएको छ । 

सहकारीको रकम अपचलन गरेको अभियोगमा अनुसन्धानका निम्ति पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत लगिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले यो  जानकारी दिएका हुन ।

सहकारीको रकम अपचलन गरेको अभियोगमा अनुसन्धानका निम्ति पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।  लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागिएको बताइएको छ ।

शनिबार साँझ काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई राति नै प्रहरीले पोखरा पुर्याएको थियो ।

पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । 

हिजो शनिबार सार्वजनिक बिदा परेका कारण लामिछानेलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस