२०८१ कार्तिक १८ गते आइतवार | 2024 November 3rd Sunday

रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

पोखरा, ४ कार्तिक । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सहकारीको रकम अपचलन गरेको अभियोगमा अनुसन्धानका निम्ति पक्राउ परेका पूर्वगृहमन्त्री लामिछाने लाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।

उनलाई पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि शुक्रबार साझा काठमाडौं बाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस