२०८१ माघ ३० गते बुधवार | 2025 February 12th Wednesday

राप्ती राजमार्गमा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु

दाङ, १० कार्तिक । राप्ती राजमार्ग अन्तर्गत दाङ तुल्सीपुर ३ साततलेमा गाडी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् भने दुईजनाको मृत्यु भएको छ ।

रोल्पाको कोईलाबाट दाङतर्फ आउँदै गरेको रा १ ज ८२२  नं.को चालक सहित पाँचजना सवार डबल क्याप जिप तुलसीपुर ३ साततलेमा दुर्घटना हुदा ३ जना गम्भीर घाइते र २ जनाको मृत्यु भएको हो ।

गाडी सडक देखी करिव ३०० मिटर तल खसेको कपुरकोट गा.पा.६ सल्यान बस्ने बर्ष ३१ कि देवा वली , बर्ष १३ का महेश वली र बर्ष १० का जिवन वली गम्भीर घाइते भएका ईलाका प्रहरी कार्यलय तुलसीपुरका सूचना प्रमुख प्रकाश थापाले जानकारी दिएका हुन ।

यस्तै जिप चालक जिल्ला दाङ दंगिशरण गा.पा.४ बैबाङ बस्ने बर्ष २२ को हिरामणी बुढामगर र सल्यान कपुरकोट गा.पा.६ बस्ने बर्ष १९ का सुरेश खड्काको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको समेत बताएका हुन । यस्तै घाइते ३ नै जनालाई थप उपचारको लागी नर्सिङ होम नेपालगंज बाँकेमा रिफर गरिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार
प्रतिक्रिया दिनुहोस