२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

लुम्बिनी प्रदेशस्तरिय दोस्रो खुल्ला तेक्वान्दो प्रतियोगिता हुने

दाङ, १० कार्तिक । दाङमा लुम्बिनी प्रदेशस्तरिय दोस्रो खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनिको मैदानमा प्रतियोगिता संचालन हुने भएको हो । 

आउँदो आइतबारदेखि मंगलबारसम्म संचालन हुने प्रतियोगितामा १२ वटै जिल्लाबाट प्रतियोगिले सहभागीता जनाउन पाउने लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले जानकारी दिएका छन । 

प्रतियोगिता संचालनका लागि अहिले तयारी तिब्र बनेको उनले बताएका हुन । प्रतियोगितामा सहभागीताका लागि उनले सबैमा अनुरोध समेत गरेका छन ।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार
प्रतिक्रिया दिनुहोस