२०८३ मङ्सिर ४ गते बिहिवार | 2026 November 19th Thursday

खैरामा खुला पुरुष भलिबल प्रतियोगिता हुँदै

दाङ, ३ मंसिर । दाङको घोराही उपमहानगरपालिका ११ खैरामा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुदको विकास, युवाको प्रतिभा पहिचान तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मंसिर ४ र ५ गते प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

आयोजकका अनुसार प्रतियोगिता श्री बाल कल्याण माध्यमिक विद्यालय, घोराही ११ खैरामा हुने छ । प्रतियोगितामा प्रथम हुने टोलीले २० हजार रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ, भने द्वितीय हुने टोलीले १५ हजार रुपैयाँ तथा तृतीय हुने टोलीले १० हजार रुपैयाँ सहित सिल्ड र मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क २ हजार ५०० रुपैयाँ तोकिएको छ । टिम दर्ताको अन्तिम मिति मंसिर ३ गते साँझ ४ बजेसम्म रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता नक आउट प्रणालीमा सञ्चालन हुने छ । प्रत्येक टिममा ९ जना खेलाडी हुनु पर्ने छ, भने खेलाडीको खाना र बसोबासको व्यवस्था स्वयं खेलाडीले गर्नुपर्ने नियम राखिएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस