२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

बंगलादेशले जित्यो महिला साफ च्याम्पियनसीपको उपाधि

काठमाडौ, १४ कार्तिक । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले उचालेको छ । बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो । खेलको ८०औँ मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गरिन् बुधवार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो ।

पहिलो हाफमा गोललरहित बराबरी खेलेको नेपालविरुद्ध दोस्रो हाफको ५२ मिनेटमा बंगलादेशका मोनिका चक्माले पहिलो गोल गरिन् । त्यसको ३ मिनेटपछि खेलको ५५औँ मिनेटमा नेपालकी अमिषा कार्कीले गोल फर्काएर बराबरीमा लगिन् । बंगलादेशले पुनः ८१औँ मिनेटमा नेपालका गोलकिपर एन्जिला तुम्बापो लिम्बुको बचाउ प्रयास असफल हुँदा नेपाल उपविजेतामै सीमित भएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस