२०८२ फाल्गुन २३ गते शनिवार | 2026 March 7th Saturday

आज हरिबोधिनी एकादशी

काठमाडौ, २७ कार्तिक । कार्तिक शुक्ल एकादशी । सनातन धर्मावलम्बी मंगलबार हरिबोधिनी एकादशी मनाउँदै छन् । भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ ।

पञ्चांगहरूमा मंगलबार १५ घडी ८ पला अर्थात् दिउँसो १२ बजेर २७ मिनेटसम्म एकादशी रहेको उल्लेख छ । सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ ।

चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ । एकादशीका दिन उपवास बसेर नारायणको आराधना गर्ने  र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गर्ने विधि छ । यसै दिन नवान्न (नयाँ अन्न) को होम गर्ने नेपाली परम्परा छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस