२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

क्रिश र सुरक्षाको प्रस्तुति रहने पौराणिक धार्मिक मेलामा

दाङ, २७ कार्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नं.३ कल्लेमा कात्तिक २७ गते हरिबोधनी एकादसिको दिन लाग्ने पौराणिक धार्मिक मेलामा गायक क्रिश क्षेत्री र मोडल सुरक्षा मगर दाङ आउन लागेका छन् ।

नवज्योति संस्कृति युवा क्लब तुलसीपुर ३ कल्लेको २२ औं वार्षिकोत्सबको अवसमा आयोजनामा गरिएको हरिबोधनी एकादशीको दिन लाग्ने पौराणिक धार्मिक मेलामा आज चर्चित लोकदोहोरी गायक क्रिश क्षेत्री र मोडल सुरक्षा मगर आउन लागेका हुन् ।

परम्परागत रुपमा चल्दै आइरहेको पौरानिक धार्मिक मेलालाई बचाइ राख्न आफुहरुले बिगत देखि सांस्कृतिक कार्यक्रमलाई पनि जोड दिदै आइरहेको क्लबका अध्यक्ष धनराज रोकाले जानकारी दिएका छन ।

आफुहरुले क्लबको २२ औं वार्षिकोत्सब अवसरमा २५ र २६ गते खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिसकेको र आज सांस्कृतिक कार्यक्रम रहेको समेत अध्यक्ष रोकाले बताएका छन ।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस