दाङ, ३० कार्तिक । नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले हरेक युवाहरुमा जोस, जाँगर र उत्साह देख्न चाहेको बताएकि छन । विहीबार तुलसीपुरस्थित मेट्रो होटलमा दाङ माउन्ट फूजी कन्सल्टेन्सीको आयोजनामा जापानीज भाषा प्रशिक्षण कार्यक्रममा बोल्दै वलीले जापानी भाषामा विज्ञ हुन सकेमा जापानमा गएर राम्रोसँग अध्ययन गर्न सकिने बताएकि हुन । जापानिज भाषाले काम गर्न र आफू उभिन सक्ने बनाउने भाषा भएको उनले बताएकि हुन ।
कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकि वलीले युवाहरु जुन क्षेत्रबाट अघि बढ्दा पनि उच्च इच्छाशक्ति र केही गर्छु भन्ने आट हुनु पर्ने बताएकि हुन । साथै उनले युवा तथा युवतीहरु जापानीज भाषा सिकेर जापान गएपनि त्यहाँ सिकेको सिप, दक्षता विज्ञता हाँसिल गरेर नेपालमै प्रयोग गर्न आग्रह गरेकि हुन । पछिल्लो समयमा उच्च शिक्षाका लागि जापान, अस्ट्रेलिया, अमेरिका जाने र उतै बस्ने प्रवृत्ति छ तर त्यसो नगरी त्यहाँ हाँसिल गरेको शिक्षाले नेपालमा भविष्य बनाउन सकिन्छ उनले भनिन आफ्नो घर, परिवार, समाज बनाउनु जिम्मा युवाहरुकै हो र युवा भनेको लिड गर्न सक्ने हुनुपर्दछ ।
नेपालमा जापानिज भाषा पढ्ने र अध्ययन गर्ने जानेको संख्या बढेको छ । आफू विभिन्न समय गायिका, विद्यार्थी, शिक्षाको बारेमा जनचेतना जगाउने कार्यक्रम गरी करिब ११ पटक जापान गएको बताउँदै उनले जापान सरकारले विभिन्न आयोजना मार्फत नेपाललाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्दै आइरहेको बताएकि हुन ।
नेपाल जापानको निकष्टको रुपमा अहिले पनि रहेको बताएकि हुन । जापानले नेपालको शिक्षा क्षेत्रमा काम गरेका कारण २४ जना मध्ये दाङको बबई गाउँपालिकाका तीन वटा विद्यालयबाट एक छात्र र एक छात्रालाई छात्रवृत्ति दिने गरेको र त्यसको कोर्डिनेटर आफू रहेको वलीले बताएकि हुन । ८ जनाबाट सुरु गरेको छात्रवृत्ति हाल २४ जनालाई दिन थालेको उनले बताएकि हुन ।
दाङ माउन्ट फूजी कन्सल्टेन्सीका सञ्चालक डिल्ली राज डाँगीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
जापानिज भाषाका मुख्य प्रशिक्षक लियो सेन्सेइले जापानिज भाषा पढिरहेका विद्यार्थीहरुलाई जापानिज भाषा र जापानको बारेमा जानकारी गराएका थिए । जापान जाने विद्यार्थीहरुले भोग्नु पर्ने कुरा, समस्या र प्रक्रिया अघि बढाउँदा सहज होस् भन्ने उद्देश्यले प्रशिक्षण दिन आएको उनले बताएका थिए ।
दाङ बक्सिङ संघका कोषाध्यक्ष दिपक केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा माउन्ट फुजीका सिइओ अर्जुन बस्नेत, भूपाल अधिकारीलगायतकाले जापान जानुभन्दा पहिले जापानको बारेमा स्पष्टरुपमा बुझेर, भाषासँगै सिप सिकेर मात्र प्रक्रिया अघि बढाउन आग्रह गरेका थुए । उनिहरुले जापानिज प्रशिक्षक दाङमा आएर जापानिज भाषाको बारेमा प्रशिक्षण दिनु खुसीको कुरा रहेको बताएका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी एच. आर. मगरले गरेका थिए ।