दाङ, ३० कार्तिक । दाङको तुलसीपुरबाट नक्कली नोट कारोबार गर्दै गरेका चारजना लाई प्रहरीले नियन्त्रण गरेको छ ।
दिउँसो १ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा र वडा नं.५ बसपार्क पिपल बोट देखी हजारका नक्कली नोट कारोबार गर्दै गरेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नक्कली नोट कारोबार भैरहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक विनोद राज खत्रीको कमाण्डमा गएका ७ जना प्रहरी टोलीले रु.१००० का १२ वटा नोट (१२ हजार ) सहित चार जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय तुलसीपुर प्रहरी निरीक्षक तथा सूचना प्रमुख प्रकाश थापाले जानकारी दिएका हुन ।
गिरफ्तार हुनेमा दाङ तुलसीपुर उ.म.न.पा. १० घर भै सल्यान बस्ने ३० बर्षका राम मनी चौधरी , तुलसीपुर ८ बस्ने बर्ष १७ का सुमन वि.क. , तुलसीपुर ९ दोघरे बस्ने बर्ष १९ का धन बहादुर खत्री र शान्तिनगर गा.पा.४ घर भई हाल तुलसिपुर ९ बेलुवा बस्ने बर्ष १७ का शिसिर वि.क. रहेका छन् ।