२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

महिला शशक्तीकरणका लागि हस्तकला सामग्री निर्माण तालिम शुरु

दाङ, १० मंसिर । महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले हस्तकला सामग्री निर्माण सम्बन्धी तालिम आजदेखि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर दुई तकियापुरमा सुरु भएको छ । ग्रीन फाउन्डेसन नेपाल,आर.आर.आई तथा वडा नम्बर २ कोे संयुक्त आयोजनामा थाकल,मकैको पात, पोखर र परालको उपयोगबाट हस्तकला सामग्री निर्माण सम्बन्धी तालिम दिन सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि ग्रीन फाउन्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले महिलाहरूको आत्मनिर्भरता र उद्यमशीलता विकासका लागि यस्ता तालिमहरूको आवश्यकता रहेको बताएका थिए । 

कार्यक्रमका विशिष्ठ अतिथि वडा नम्बर दुईका अध्यक्ष भिम बहादुर योगीले तालिमले ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै उनीहरूको आर्थिक सशक्तीकरणमा टेवा पु¥याउने भएकाले महिलाहरूलाई सीपमूलक तालिमले आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए । 

कार्यक्रममा ग्रीन फाउन्डेसन दाङका सचिव जितबहादुर खड्का,कोषाध्यक्ष अम्बिका योगी, वडा सदस्य मोहनलाल डाँगी,वडा सचिव माधव पौडेल स्थानीय माया सुनार, हुमा घर्ति र शंकर डाँगी लगायतले महिलाको क्षमता अभिवृद्धि र उद्यमशीलता विकासमा यस्ता तालिमहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए।

ग्रीन फाउन्डेसन दाङका कोषाध्यक्ष अम्बिका योगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक दिपक परियारले गरेका थिए । १५ दिन सम्म सञ्चालन हुने तालिममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १,२,३ र ८ का ३० जना महिलाहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस