२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

नेकपा बहुमत दाङले निकाल्यो मिटरब्याजिको नाममा १५ दिने अत्यन्त जरुरी सुचना

दाङ, १६ मंसिर । नेपाल कम्युनिस्ट पाटी (बहुमत) दाङले ३ बुधे माग सहित मिटरब्याजिको नाममा १५ दिने अत्यन्त जरुरी सुचना निकालेको छ ।

नेपाल कम्युनिस्ट पाटी (बहुमत) दाङ जिल्ला सेक्रेटरी अमरले ३ बुधे माग सहित एक विज्ञप्ति सार्वजनिक गर्दै मिटरब्याजिको नाममा १५ दिने अत्यन्त जरुरी सुचना निकालेको हो ।

आफ्नो पाटी सर्वहारा वर्गको अग्रदस्ता भएकै र अहिले बित्तीय आतंकका बिरुद्ध लाल आतंक अभियान” संचालन गरिरहेको बताउदै विभिन्न माध्यमबाट हाम्रो पार्टीमा आएका मिटरव्याज सम्बन्धि अधिकांश मुद्दाहरुलाई पार्टीले फच्यौट गरिसकेको र पार्टीले पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेका र नखोजेकाहरुको नाममा आजका मिति देखि १५ दिन भित्र तपशिलका निम्नलिखित कार्य गर्न अनुरोध समेत गरेको छ ।

 उक्त विज्ञप्तिमा लेखिएको ३ बुँदे माग 

१. बैकिङ कसुर, चेक अनादर, घरजग्गा तथा सम्पत्ति रोक्का, बिगो बराबरको रकम जम्मा गरि जेल हाल्ने लगायतका मुद्दा फिर्ता लिन ।

२. कालोसुचि (black list) हटाउन, दृस्टीवबन्धक तथा छिनुवा पास लिएका घरजग्गा फिर्ता गर्न । (अनुत्पादक ऋणको हकमा सावाँ मात्र लिएर उत्पादक ऋणको हकमा सरकारी बैंकको सहुलियत ब्याजदर लिने ।) 

३. मिटरब्याजि र बैंक तथा वित्तीय संस्थाको सेटिङमा लिलाम गर्ने र लिलाम सकारेका घरजग्गा सम्बन्धित व्यक्तिलाई लिलाम हुदा सम्मको न्युनतम व्याज लिइ फिर्ता गर्न ।

यस्तै माथि उल्लेखित ३ बुँदे निर्देशन कत्ति पनि मोल्लाहिजा नगरि इमान्दारितापुर्वक कार्यान्वयन नगरे निर्मम र निर्णायक जनकारवाही गर्न बाध्य हुने र आफुहरु अहिले कुनै आवेगमा नभए पनि एक जिम्मेवार पार्टी हुनुको नाताले गम्भीरता साथ आम शोषित, पीडित, गरिव, सर्वहारा र श्रमजीवी जनताको रगत र पसिना चुस्ने जो कोही हाम्रो कारवाहीको निशाना हुनेछन ।

यस्तै विज्ञप्तिमा भनिएको छ नक्कली मिटरव्याजि पिडित बनि पार्टीलाई गुमराहमा नराख्न  पार्टीले मिटरव्याजि को हो, को होइन भनेर मिहिन ढंगले अध्ययन अनुसन्धान गरिसकेको हुदा व्यक्तिगत आग्रह पुर्वाग्रह र प्रतिसोध साँध्न बदनियत राखेर पार्टिमा निवेदन गर्नेहरुलाई पनि पार्टीले दण्डित गर्ने व्यहोरा जानकारी गराइन्छ । वास्तविक कारोबारको हकमा माथि उल्लेखित बुँदाहरू आकर्षित हुने छैनन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस