२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

अनेरास्ववियु राप्ती बबई क्याम्पसको २४ औं अध्यक्षमा वली

दाङ, १९ मंसिर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) राप्ती बबई क्याम्पस तुलसीपुर दाङको २४ औं अध्यक्षमा कोमल बहादुर वली (के.वी) निर्वाचित भएका छन् ।

आज भएको अनेरास्ववियु राप्ती बबई क्याम्पसको २४ औं क्याम्पस सम्मेलन बाट सर्वसम्मत रुपमा वली निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा नवीन डाँगी , जनार्दन वली सचीवमा मिना बस्नेत सह-सचीवमा अंकिता बस्नेत , गोकुल बस्नेत बर्षा के.सि कोषाध्यक्षमा चिरण अधिकारी सहित २७ जनाको मुल इकाइ कमिटी गठन गरिएको हो ।

२४ औं सम्मेलनलाई सम्बोधन गर्दै नेकपा एमालेकि केन्द्रिय सदस्य एवम् पुर्व राष्ट्र सभा सदस्य कोमल वलीले राष्ट्रियताका पहरेदारहरू, लोकतन्त्रका सेनानीहरू र जनजीविकाका पक्षमा फरक विचार राख्नसक्ने वैचारिक योद्धाहरू जन्माउने एक मात्र संगठन अनेरास्ववियु रहेको बताइन् । 

सबै भन्दा पुरानो र इतिहासको विरासत बोकेको विद्यार्थी आन्दोलनको अग्रपंक्ति संगठन अनेरास्ववियु भएको दाबी गर्दै सम्पुर्ण विद्यार्थी र युवाहरूको एकरूपता भए मात्र समाज र राष्ट्रलाई परिवर्तन गर्न सकिने बताउनुभयो । पछिल्लो समय समाजिक संजालको दुरुपयोग गर्दै राजनीतिकलाई गलत अर्थ लगाउने प्रविधिले गर्दा अहिलेका युवा विद्यार्थीहरुमा निराशा पन मौलाइ रहेको भन्दै त्यो तर्फ नलाग्न समेत विद्यार्थीलाई आग्रह गरीन ।

अनेरास्ववियु दाङ जिल्ला कमिटी अध्यक्ष एवम् राप्ती बबई क्याम्पसका निवर्तमान अध्यक्ष प्रदिप बस्नेतको सभा अध्यक्षमा भएको उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सचीव सुर्य बहादुर डाँगी (स्याम), विद्यार्थी फाटका इन्चार्ज एवम् वडा नं.१८ का अध्यक्ष माधव वली , अनेरास्ववियुका पुर्ब जिल्ला अध्यक्ष बिरवल खड्का , अनेरास्ववियुका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सर्जन परियार लगायतले शुभकामना राखेका थिए भने कार्यक्रमको सहजीकरण कमल कडेलले गरेका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस