२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

फेलोसिप ट्रेनिङ सेन्टरले दोस्रो ललित कप खुल्ला पुरुष भलिबल आयोजना गर्ने

दाङ, १९ मंसिर । दाङको तुलसीपुरमा दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ ।

फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरले प्रतियोगिता आयोजना गर्न थालेको हो । पुस ११ गतेदेखि अरनिको मैदानमा प्रतियोगिता सुरु हुने छ ।

फेलोसिप ट्रेनिङ सेन्टरका पुर्व संचालक ललित बुढामगरको सम्झनामा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको बिजेता, उपबिजेता र तृतिय स्थान हासिल गर्ने टिमलाई क्रमश ः नगद ५०, ३० र १५ हजार पुस्कार प्रदान गरिने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु एरीले जानकारी दिएका छन् ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा दाङ, सल्यान, रोल्पा, रुकुम लगाएत जिल्लाका झन्डै १२ टिमको सहभागिता रहने आयोजक संस्थाले जानकारी दिएको छ ।

टिम दर्ताका लागि ५ हजार शुल्क निर्धारण गरिएको छ । प्रतियोगिताको खेल तालिका टाइसेट पुस १० गते दिउँसो ४ बजे प्रकाशित गरिने भएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस