२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

गाउँपालिका भित्र जंकफुड तथा धूम्रपान र मद्यपान निषेध

दाङ, १९ मंसिर । शान्तिनगर गाउँपालिकाले गाउँपालिका भित्र रहेका  सार्वजनिक निकायका कार्यालयहरूमा जंकफुड तथा धूम्रपान र मद्यपान निषेध गरेको छ । गाउँपालिकाको १५ औँ गाउँसभाबाट गाउँपालिका क्षेत्रमा रक्सी, चुरोट, गुट्खा, लागू औषध लगायत नशा जन्य पदार्थ सेवनमा रो लगाउने र गाउँपालिकाको कार्यालय परिसरभित्र पनि जंकफुड निषेध गर्ने नीति पारित  भएको गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताए ।

उनका अनुसार निती पारित भएकाले कार्यापालिका भित्र रहेको सार्वजनिक निकाय गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा सबै विद्यालयहरूमा जंकफुड प्रयोगमा रोक लगाइएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस