२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

हास्य सिरिज ‘गज्जब छ बा’को प्रसारण सुरु

काठमाडौ, २२ मंसिर । नयाँ हास्य सिरिज ‘गज्जब छ बा’को प्रसारण सुरु भएको छ । गत शनिबारबाट औपचारिक रुपमा पहिलो एपिसोड सार्वजनिक गर्दै निर्माण टिमले अब प्रत्येक शनिबार साँझ ७ः१५ मा लेखान्त अफिसियल युट्युव च्यानलमार्फत प्रसारण हुने जानकारी गराएको छ । उक्त सिरिजको पहिलो एपिसोडमै दर्शकहरूले अत्याधिक माया पाएको छ । 

प्रसारणको पहिलो एपिसोडमै सकारात्मक प्रतिक्रिया मिलिरहेको सिरिजका लेखक, निर्देशक तथा मुख्य कलाकार लेखान्त भुसालले जानकारी  दिएका छन । 

सिरिजमा रामचन्द्र अधिकारी, सबिता गुरुङ, मुकुन्द मैनाली, धर्मराज भट्टराई, लेखान्त भुसाल, सबिना आचार्य, रमेश बुढामगर, बिनम कंडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिव बिकको छायांकन रहेको सिरिज सन्दिप चौधरीले सम्पादन गरेका हुन् । जस्को सह – निर्देशन किशोर बाबु बस्नेतले गरेका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस