२०८१ पुष ६ गते शनिवार | 2024 December 21st Saturday

‘गाउँ फर्क’ अभियान चलाउनु पर्छ : मुख्यमन्त्री आचार्य

दाङ, २२ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका विकास गाउँ केन्द्रित भइरहदा मानिसहरू शहर केन्द्रित हुने अवस्थालाई सुधार गर्न ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताए । तीन तहका सरकारले गाउँ केन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधाहरू पुर्याइरहेको सन्दर्भ केलाउँदै उनले शहर केन्द्रित नभएकाहरू अव गाउँ फर्कन जरुरी रहेको बताए ।

शनिबार मालारानी गाउँपालिका –२ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण जयन्ती महोत्सवको उद्‌घाटन गर्दै उनले सुविधाकै लागि शहर पसेकाहरू अव गाउँ फर्कनुपर्ने धारणा राखे । गाउँ फर्क अभियानलाई राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा समाजका अगुवाहरूले उदाहरण बनेर देखाउनुपर्ने समेत धारणा राखे । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले गुणस्तर सुधार गर्न सबैपक्ष  गम्भिर बन्नुपर्ने बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस