२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

पत्रकार महासंघको चुनाव : उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौ, २२ मंसिर । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको निर्वाचन अन्तरगत शनिबार अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । आज बिहान ११ बजेसम्म दाबी विरोध गर्न र मनोनयन फिर्ताको समय तोकिएको छ । बिहान साढे ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । महासंघको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन् । कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ ।

गिरीले प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन्। शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिएकी हुन् । त्यसैगरी, विष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यस्तै वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चारजनाको उम्मेदवारी परेको छ । चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुन्। पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् । उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ ।

महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल, लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १३३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । मतदान यहि मंसिर २८ गते बिहान १० बजेदेखि ४ बजे सम्म हुँदैछ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस