दाङ, २८ मंसिर । पुर्ब राजा ज्ञानेन्द्र शाह भोलि दाङ आउने कार्यक्रम तय भएपछि त्यसको भब्य तयारि गरिएको छ ।बिभिन्न स्थानबाट झाकि,जुलुस र नाचगानको तयारि गरिएको छ ।
बिहान ११ बजे तुलसीपुरको बिरेन्द्र चौकमा स्वर्गिय राजा बिरेन्द्रको शालिकमा माल्यार्पन त्यसपछि घोराहिको प्रशिद्द धार्मिक स्थल पाण्डबेश्वर मन्दिरमा पुजाअर्चनाको कार्यक्रम तय भएको युवा नेता असिताभ लामिछानेले जानकारि दिनुभयो । आयोजकले सबैमा उपस्थितिका लागि सार्बजनिकरुपमा आब्हान गरेको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार