२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

दाङमा श्रीमानले गरे श्रीमतिको हत्या

दाङ, ३ पौष । दाङमा सामान्य विवादमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका २ भम्के निबासी अन्दाजी २९ वर्षिया चित्र बहादुर बुढाथोकिले अन्दाजी ३२ बर्षीया हस्ति कुमारी बुढाथोकीको हत्या गरेका हुन् ।

सामान्य विवादमा बुधबार बिहान १० बजेतिर चित्र बहादुरले श्रीमतीलाई दाउले टाउकोमा हिर्काउदा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रबक्ता प्रकाश थापाले जानकारी दिएका छ्न ।

श्रीमतीको मृत्यु भएपछि फरार रहेका चित्र बहादुरलाई तुलसीपुर ७ स्थित कारागार नजिकैबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस