२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भए

काठमाडौ, ५ पौष । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार सर्वोच्च अदालले थुनामुक्त गर्न आदेश दिएसँगै प्रसाईं शुक्रबार साँझ रिहा भएका हुन् । रिहा भएपछि प्रसाईं अदालतबाट आफूले न्याय पाएको बताए । उनले आफूले सर्वहारा वर्गको बोली भएको पनि बताए । उनले तस्करहरूसँगको लडाइँ जारी रहने पनि बताए ।

प्रसाईंका छोरा निराजनको तर्फबाट नारायण खवासले पुस २ गते थुनामुक्तको माग दाबी गर्दै रिट दायर गरेका थिए । रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाइ गरेर थुनुवा झिकाउने आदेशसहित कारण देखाऊ आदेश जारी गरेको थियो । शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

यसअघि, साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई संगठित अपराधमा पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस