दाङ, ५ पौष । तुलसिपुर उपमहानगरपालिका वडा न १२ अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ आज देखि सुरु भएको छ ।
तुलसिपुर उपमहानगरपालिका वडा न १२ को आयोजनामा संचालित प्रतियोगिताको तुलसिपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले उद्घाटन गरेका हुन । उद्घाटन समारोह लाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले स्वास्थ्यको मुख्य मेरुदण्ड खेलकुदको पहुँच ग्रामीण स्तर सम्म पुर्याउन आफू लागि परेको बताएका हुन ।
खेलकुद लाई शिक्षा जत्तिकै महत्त्वमा राखिनु पर्छ भन्ने सोच उपमहानगरपालिकाको छ हामी वडा स्तर बाट ग्रामीण स्तरको खेलकुद लाई माथी उठाउन लागि परेका छौ उनले भने । साथै उहाले वडा अध्यक्ष कप मार्फत स्थानिय स्तरमा खेलकुदको पहुँच सबैमा पुग्ने भएकाले यस लाई अझ फराकिलो बनाएर लैजाने सोचमा उपमहानगर रहेको समेत बताएका हुन ।
वडा अध्यक्ष खुसिराम चौधरिको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला खेलकुद बिकास समितिका पुर्व अध्यक्ष डिल्ली बहादुर डागी,दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेत,जसपुर प्रहरी चौकिका ईन्चार्ज भरतनाथ योगि,समाजसेवी तेज बहादुर वलि,खेलप्रेमी युवराज केसि लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका हुन ।
वडा सदस्य तथा प्रतियोगिताका संयोजक शेषमणि भन्डारिको स्वागत रहेको कार्यक्रमको संचालन वडा सचिव गणेश कुमार आचार्यले गरेका हुन । यसैबिच आज शुक्रबार सम्पन्न खेलमा कपडादेवी र कचिली फुटबल टिम बिजयी भएका छन् । कपडादेवी कचिला ए लाई १-० गोलले पराजित गर्दै बिजयी भएको हो भने कचिली बि ले कचिला बि लाई ४-० ले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।
यसैबिच भोलि बिहान हुने पहिलो खेलमा टरिगाउ ए र हारिपौरा बि टिम बिच खेल हुनेछ । खेल बिहान ९ बजे बाट सुरु हुनेछ ।चार दिन सम्म संचालन हुने प्रतियोगिताको बिजेता,उपबिजेता तथा तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५५,३० र १५ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।
त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडिलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक शेषमणि भन्डारिले जानकारी दिएका हुन । नकाउट प्रणालीमा खेलाईएको प्रतियोगितामा वडा न १२ मा स्थापित टोल बिकास संस्थाका ११ टिमको सहभागिता रहेको छ ।