दाङ, ७ पौष । दाङको तुलसीपुर ५ जबरपुरमा माघ महोत्सव आयोजना हुने भएको छ । थारू समुदायको संस्कृति, रीतिरिवाज, र परम्पराको संरक्षण र संवर्द्धनका लागि माघ महोत्सव हुनलागेको आयोजकले जनाएको हो । थारू कल्याणकारिणी सभा दाङ देउखुरी क्षेत्र नम्बर ३ र नमुना भूह्याँर थानको संयुक्त आयोजना तथा महटवा महासङ्घ तुलसीपुरको सह आयोजनामा माघ महोत्सव आयोजना हुने भएको छ । थारू कल्याणकारिणी सभा दाङ देउखुरी क्षेत्र नम्बरका अध्यक्ष मोहन कुमार थारू (धरकट्वा) ले परापूर्व कालदेखि रही आएको थारूहरूको महत्वपूर्ण ऐतिहासिक संस्कार र संस्कृति संरक्षण गर्नको लागि महोत्सवको आयोजना गरिएको बताए ।
थारू भाषा संस्कृति भेष भुषा हमार पहिचान, संरक्षण सम्वर्द्धन ओ विकास कर्ना हमार अभियान भन्ने मूल नाराका साथ महोत्सवको आयोजना गर्न लागेको उनले जानकारी दिए । महोत्सवका अवसरमा पुस २३ र २४ गते विशेष कार्यक्रमहरूको आयोजना गरिने छ । २३ गते धुमरु गीतको प्रस्तुति हुनेछ भने २४ गते सांस्कृतिक कार्यक्रमको आयोजना गरिने थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर ३ का सचिव जितेन्द्र चौधरीले जानकारी दिए । तुलसीपुर–५ जबरपुरमा रहेको नमुना भूह्याँर थान संरक्षण समितिका अध्यक्ष रामशरण चौधरीले थारू समुदायको पहिचानसँग जोडिएको गीत, रीतिरिवाज, चालचलन र भाषाको संरक्षणका लागि महोत्सवको आयोजना गरिने बताए ।
उनले पछिल्लो समय थारू समुदायको परम्परा र संस्कृति विस्तारै हराउँदै गएकोले त्यसको संरक्षण र सम्वर्द्धनका लागि यो महोत्सवको आयोजना गरिएको जानकारी दिए । यसैबीच महोत्सवलाई सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ । आर्थिक सङ्कलन समितिमा इन्द्रजित थारू, नारायण चौधरी, आशा चौधरी, गणेश चौधरी, लोकजन चौधरी, श्रीराम चौधरी, श्रमलाल चौधरी, दिल्लु चौधरी र लाल बहादुर चौधरी रहेका छन् । पाहुना सत्कार समितिमा जिवराज चौधरी, बासुदेव चौधरी, शम्भु प्रसाद चौधरी, कमला चौधरी, जगधनी चौधरी र छोटिलाल चौधरी रहेका छन् ।
मञ्च व्यवस्थापन समितिमा अर्बिन चौधरी, कुमार चौधरी, शङ्कर चौधरी, नन्दलाल चौधरी र सुर्दशन चौधरी रहेका छन् । यसैगरी, सांस्कृतिक व्यवस्थापनमा मोहन चौधरी, मन कुमारी चौधरी, सुनिता चौधरी र अनिता चौधरी, प्रचारप्रसार समितिमा सरिता चौधरी, उदिराम चौधरी, हिरालाल चौधरी र सन्दिप चौधरी, भान्सा व्यवस्थापन समितिमा विष्णु चौधरी, राम कुमारी चौधरी र जङ्ग बहादुर चौधरी छन् भने स्वयंसेवकमा सत्यनारायण चौधरी र गोपिलाल चौधरी रहेका छन् ।