२०८२ माघ १ गते बुधवार | 2026 January 14th Wednesday

गणतन्त्रमा गल्ती गर्नेलाई ढिलाेचाडो कारवाही हुन्छ :- पूर्वमन्त्री शर्मा

दाङ, ८ पौष । पूर्व संञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राज्यसत्ता दुरुपयोग गर्ने छुट कसैलाई  नभएको बताउनु भएको छ । घाेराही उपमहानगरपालिका  -१२ हापुरमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै यस्ताे बताएका हुन । 

वर्तमान सरकार घुस र भ्रष्टाचारमा लिप्त भएको बताउदै जनताकाे  जनचाहाना बिपरित सरकारले कार्य  गर्दै आएको बताएकि हुन । मन्त्री शर्माले गणतन्त्रमा गल्ति गर्ने छुट कसैलाई नभएको बताउँदै गल्ती गर्नेलाई कारवाही हुने ब्यबस्था नै गणतान्त्रिक ब्यबस्था भएको धारणा राखेकी हुन ।संबिधान भन्दा माथि काेही नहुने बताउँदै गल्ती गर्ने ब्यक्ति ढिलाे चाडाे कानुनकाे दायरामा आउने प्रतिकृया दिएकि हुन । बर्तमान सरकारकाे वरिपरि सुशासनकाे सुई घुम्दा दुई दल एमाले र काड्गेस बिच  गठबन्धन भएको औल्याउदै प्रचण्ड नेत्रित्वकाे सरकार नै सुशासनको पक्षमा काम गर्ने सरकारका रुपमा जनतामा स्थापित भएको भनाइ छ । 

कार्यक्रमकाे प्रमुख अतिथि समेत रहेकि शर्माले  स्थानीय तहकाे उपनिर्वाचनले माओवादीमा नयाँ  उत्साह थपेकाे बताएकि हुन । जनतामा माओवादीले केही गर्छ भन्ने विश्वास जागेकाे भन्दै १८ महिना सरकार चलाउदा जनतामा सुशासनको आभास दिलाएको प्रतिकृया दिएकि हुन । 

कार्यक्रम बाेल्ने मतदाता तथा कार्यकर्ताहरुले माओवादीमा जाेस् हराएको भन्दै अब उठ्न जरुरी भएको प्रतिकृया दिएका थिए । दाङ क्षेत्र  नंं.२ का प्रतिनिधी सभा सदस्य समेत रहुनु भएकि शर्मासंग घाेराही १२ मा देखिने याेजनालाई प्राथमिकता दिन सांसद शर्मासंग माग गरेका यिए । 

यस्तै पार्टी जनता बिचकाे सम्बन्ध जाेड्दै लैजानु पर्ने र 

रिहार,नारायणपुर,हापुर हुदै हाेलेरी जाेड्ने सडक बिस्तार गर्न माग राखेका थिए । यसैबिच मन्त्री शर्माले आजै घाेराही १२ रहेकाे प्राथमिक बिद्यालय गुर्जेकाे पनि अनुगमन पनि गर्नु भएको छ । उनले अलपत्र  रहेकाे बिद्यालयकाे ४ काेठे भवन मर्मतका लागि पहल गर्ने प्रतिबध्ता ब्यक्त गरेका थिए ।

कार्यक्रम केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्ड,नगर ईन्चार्ज तुलसी डाँगी मिलन, नगर अध्यक्ष अटल लगायतको सहभागिता रहेकाे थियाे ।

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस