२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

मुलुकमा राजनीतिक स्थायित्व र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक– पूर्वमन्त्री शर्मा

दाङ, १० पौष । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक स्थायित्व र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक रहेको बताएकि हुन ।

नेपाल पत्रकार महासंघ दाङ शाखाबाट नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आज घोराहीमा आयोजित कार्यक्रममा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहनुभएकी नेता शर्माले देशको विकासमा राजनीतिक अस्थिरता प्रमुख बाधक देखिएकाले तीन तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको बताएकि हुन ।

उनले विगतमा दुई तिहाईको सरकार हुँदा पनि राजनीतिक स्थायित्व हुन नसक्दा देशले सही गति लिन नसकेको जिकिर गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले यसलाई थप पुष्टि गरेको बताएकि हुन । 

स्थानीय सरकारमा निर्वाचित भएर आउने जनप्रतिनिधिले पाँच वर्ष ढुक्कका साथ काम गर्ने वातावरण रहेको उदाहरण दिँदै उनले संघ र प्रदेश सरकार संचालनका लागि सबै राजनीनितक दलहरुको अबको प्रमुख एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्नेमा जोड दिएकि हुन । 

आफु मन्त्री भएको बेला पत्रकारहरुको नजिक रहेको धेरै काम गरेको भन्दै उनले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा नवनिर्वाचित पत्रकार  महासंघका तर्फबाट आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरेकि हुन ।  बधाई तथा शुभकामना कार्यक्रममा महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले देश र नागरिकको पक्षमा पत्रकार र मिडियाले गर्नुपर्ने दायित्व जिम्मेवारीपूर्वक वहन गर्ने बताएकि हुन ।

प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार
प्रतिक्रिया दिनुहोस