२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

रावललाई एमालेले संगठित सदस्यबाट हटायो

काठमाडौ, १० पौष । नेकपा एमालेले नेता भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

भाटभटेनीका सञ्चालक मीन गुरुङबाट पार्टीलाई उपहार पाएको जग्गा प्रकरणमा बोलेकाले उनलाई कारबाही गरिएको हो । उनका अनुसार सो विषयमा बोल्ने बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई एमालेले ६ महिनाका लागि निलम्बन गरेको छ । उनीहरू तीनै जनाले उपहारमा जग्गा लिन नहुने अडान राखेका थिए । 

यसपछि गत कात्तिक ४ गते एमालेले रावलसहित स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार
प्रतिक्रिया दिनुहोस