२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघ, दाङको अध्यक्षमा दिपक के सि

दाङ, १३ पुष । ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघ, दाङको प्रथम जिल्ला अधिवेशन दाङको घोराही स्थित बाह्रकुने दह ( बराह क्षेत्र) मा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

हालसम्म ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघको नगर, प्रदेश तथा केन्द्रीय कमिटी थियो तर पछिल्लो समयमा संघले जिल्ला जिल्लामा पनि कमिटी विस्तार गर्ने कार्यक्रम अनुसार आज दाङको घोराहीमा एक कार्यक्रमका बिच प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको हो । अधिवेशन बाट निर्विरोध सर्वसहमतीमा जिल्ला कार्यसमिति गठन गरिएको छ ।

जसको अध्यक्षमा दिपक के.सी, उपाध्यक्षमा तिर्थराज सुबेदी, झग बहादुर सुनार, तिलक सुनार, सचिवमा बाबुराम न्यौपाने, सह सचिवमा थम्मन खड्का, कोषाध्यक्षमा लालमणि ढकाल र सदस्य पदमा शोभानन्द भुसाल , सिताराम बि.क , भरत घर्ती, टेक बहादुर वली, पुस्कर चौधरी, टिका प्रसाद चौलागाई, अनिल बि.क निर्विरोध सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

ग्रील स्टिल तथा आल्मुनियम व्यवसायी संघले समग्र ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायीको हक, अधिकार को विषयमा काम गर्दै आइरहेको छ ।

ग्रील स्टिल तथा आल्मुनियम व्यवसायी संघ नेपालका केन्द्रित उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष अशोक कुमार बर्माको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायि संघ नेपाल का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका महासचिव राम प्रसाद पाण्डेयले गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस