२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

प्रेस सेन्टर नेपाल घोराहीको अध्यक्षमा परिवर्तन, पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन जोड

दाङ, १७ पुष । प्रेस सेन्टर नेपाल घोराही शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको अधिवेशनले हेमराज परिवर्तनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्ष द्वयमा वर्षा मगर र विष्णु गोराथोकी, सचिवमा सुबिनराज शेर्पाइली, सहसचिवमा द्वय अमृता डाँगी र रमण शर्मा, कोषाध्यक्षमा भिउमन पुनपगर चयन भएका हुन । यसैगरी सदस्यमा असीमा घर्तिमगर, बलजीत दमाई, मनोज मगर, हिरा केसी, रामकुमार दाहाल, प्रज्वल खड्का र नवीन गौतम रहेका छन ।

संगठनका कार्यवाहक अध्यक्ष हेमराज परिवर्तनको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्माले पत्रकारहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन संगठनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । उनले पछिल्लो समय पत्रकारिता क्षेत्रमा कमजोर हुँदै गएकोले त्यसलाई थप व्यवस्थित बनाउनका लागि पत्रकारले बोल्ने भन्दापनि लेख्ने कुरामा विशेष जोड दिनुपर्ने बताएका थिए ।

यस्तै विशिष्ट अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रयीय सदस्य हेमराज शर्मा डायमण्डले सधैँ रचनात्मक र सकारात्मक समाचार सम्प्रेषणमा कलम चलाउनुपर्नेमा जोड दिएका थिए । पत्रकारहरूले सत्य, तथ्यमा आधारित सूचना सम्प्रेषण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनले पत्रकारहरू बहकाउबाजी र कसैको स्वार्थमा उपयोग हुन नहुनेमा उनको भनाई थियो ।

यस्तै, कार्यक्रमा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सविन प्रीयसनले पत्रकारिता माध्यमबाट नै समाज रुपान्तरण हुने कुरामा जोड दिँदै सबै संगठनहरुको क्रियाशीलताले मात्र समाज रुपान्तरण हुने बताएका थिए । उनले समाज रुपान्तरणमा सञ्चार संगठनहरुको क्रियाशीलता देखिएन भने समग्र पत्रकारिता क्षेत्रनै कमजोर बन्दै जानेमा जोड दिएका थिए । प्रेस सेन्टर नेपाल नीति तथा परामर्श समितिका सदस्य उदय जिएमले पत्रकारिता क्षेत्रमा जोडिनुभएका हरेक पत्रकारले आफ्नो व्यत्तित्व विकास सँगै पहिचा निमार्ण गर्न आवश्यक रहेको बताएका थिए ।

यस्तै, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले महासंघले पत्रकारको पेशागत सुरक्षाका जिल्ला रहेका पत्रकारिता गर्ने विभिन्न सञ्चार संगठनसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए । उनले जिल्ला क्रियाशील सबै संगठनहरुको उद्देश्य भनेकै पत्रकारका हक र अधिकारीका लागि काम गर्ने भएकोहुँदा त्यसका लागि सबै संगठनहरुसँग नेपाल पत्रकार महासंघ दाङ शाखा एकआपसमा छलफल, समन्वय र सहकार्य गरेर अगाडि बढ्नेमा जोड दिएका थिए ।

यस्तै कार्यक्रममा माओवादी केन्द्र घोराही नगरका अध्यक्ष अटल चौधरी, प्रेस सेन्टर नेपाल दाङका संस्थापक अध्यक्ष पुरन शर्मा, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका महासचिव भुपेन्द्र वली, प्रेस चौधरी नेपाल दाङका पूर्व अध्यक्ष जेएन सागर, प्रेस सेन्टर नेपाल दाङकी अध्यक्ष अनिता पोख्रेल, जनपत्रकार संगठन नेपाल दाङका उपाध्यक्ष जंग रेउलेलगायतले शुभकामना मन्तव्य राखेका थिए । सेन्टर नेपाल घोराहीका उपाध्यक्ष वर्षा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सदस्य सुविन सेर्पाईलीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस