२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

जिल्ला मै पहिलो पटक एमबिए पढाइ सुरु

दाङ, १९ पुष । दाङ तुलसीपुरको ज्ञानज्योति फाउन्डेसनले दाङ जिल्लामा पहिलो पटक एमबीए (मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रेशन) पढाई सुरु गर्ने भएको छ । कलेजले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तरको पढाइ शुरू गर्न लागेको हो ।

ज्ञानज्योतिले एमबीए पढाउने अनुमति प्राप्त गरे संगै भर्ना प्रक्रिया पनि सुरु गरेको छ । दाङ जिल्लामा पहिलो पटक एमबीए तुलसीपुरको ज्ञानज्योति फाउन्डेसनले भित्र्याएको छ ।

ज्ञानज्योति फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र जिसीले भने, “हाम्रो उद्देश्य एमबीए गरिरहेका विद्यार्थीहरूलाई उद्यमशिलता विकासमा टेवा पुर्‍याउनु हो ।” उनले कलेजले एमबीए विद्यार्थीहरूको लागि सबै आवश्यक भौतिक र प्राविधिक पूर्वाधार तयार पारिएको बताएका छन ।

ज्ञानज्योति फाउन्डेसनले जिल्लामा उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गर्दै आईरहेको छ । भविष्यमा तुलसीपुरलाई पश्चिम नेपालको शैक्षिक हबका रूपमा विकास गर्ने योजना बनाएको सीईओ केसीले बताए । त्यसैगरी कलेजका एकेडेमिक कोर्डिनेटर शरद गौतमले ज्ञानज्योति सबैको माया र विश्वास जित्दै अघि बढिरहेको छ, र एमबीए कार्यक्रमले यसको शैक्षिक स्थायित्वमा थप योगदान पुर्याउने बताएका छन ।

एमबीए कक्षाको शुरुआतको अवसरमा आयोजित पत्रकार सम्मेलनमा एनआइसी एशिया बैंक, सानीमा बैंक, र सिद्धार्थ बैंकका तुलसीपुर शाखाका प्रमुखहरूले तुलसीपुरमा एमबिए पढाई हुन्ज सकारात्मक कदमको रूपमा उल्लेख गरेका छन । कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस