२०८३ भाद्र १९ गते शुक्रवार | 2026 September 4th Friday

अबैध रुपमा जुवातास खेलि रहेका ९ जना पक्राउ 

दाङ, २० पौष । दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ५ (ङ) लाइन स्थित गौरव वलीको घरमा अबैध रुपमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक बिनोद राज खत्रीको कमाण्डमा गएको बिशेष प्रहरी टोलीले अबैध रुपमा जुवातास खेलिरहेका ९ जनालाई पक्राउ गरेको हो ।

दिउँसो ३:४५ बजेको समयमा जुवातास खेलिरहेको गोप्य सूचनाको आए पछि प्रहरी निरीक्षक बिनोद राज खत्रीको कमान्डमा गएको प्रहरी टोलिले गौरव वलीको घर खानतलासी गर्दा कोठाभित्र अबैध जुवा तास खेलिरहेको अवस्थामा जुवा खालबाट नगद रु. २,५२,०६५।-, तास १०२ पत्ता, नखोलेको नयाँ तास १ गड्डी र जुवा खेल्ने ९ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई अहिले अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरी जानकारी दिएका हुन ।

प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार
प्रतिक्रिया दिनुहोस