दाङ, २४ पुष । “भोकालाइ एकछाक भोजन होइन जिउने जुक्ति सिकाऔ”भन्ने मुल उदेश्यकासाथ दंगीशरण सामाजिक उधमि महिला सहकारी सस्था लि.ले आफ्नो प्रथम साधारणसभा दंगीशरण ३ को हेकुलिमा सम्पन्न गरेकोछ ।सहकारी सस्थाका अध्यक्ष नमुना लामिछनेको अध्यक्षता दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा प्रथम साधारणसभा सम्पन्न भएको हो ।
प्रथम साधारणसभाको उद्घाटन गर्नुहुदै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिका कृषि र उधमको लागि संभावना बोकेको गाउँपालिका रहेकाले पनि दगीशरण सामाजिक उधमि महिला सहकारी सस्था लि स्थापना गरेको बताए ।दंगीशरण गाउँपालिकाले महिलाहरूको सिप बिकासका लागि बिभिन्न किसिमका तालिमहरु समेत प्रदान गर्दै आएको बताए । स्थानिय स्तरमा उत्पादित बस्तुबाट समुहरु तथा महिलाहरुको आर्थिक आय आर्जनमा समेत टेवा पुर्याउने कार्यक्रमहरु अगाडि बढाएको वताए । अध्यक्ष गिरीले कृषिमा आधारीत गाउँपालिका रहेकाले अबछिट्टै ५३ लाख बबारबरको कृषि यन्त्रीकरणका सामाग्री बितरण गर्ने तयारीमा रहेको जानकारी गराए ।
साधारणसभामा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले समुहरु सहकारीमा आबद्ध नहुदासम्म पारदर्सिता नहुने बताइन । महिलाहरु बेरोजगार हुनुहुदैन र महिलाहरु उधमि बन्नुपर्ने र आर्थिक उपार्जनमा बलियो हुनुपर्ने उपाध्यक्ष खड्काको भनाइथियो । गाउँपालिकाले महिलाहरुको सिप बिकास सङ्गै हरेक क्षेत्रमा महिलाहरुलाइ प्राथमिकतामा राखि अगाडि बढेको बताइन । छरीयर रहेका महिला
दिदिबहिनीहरुलाइ समुहमा समेटेर महिलाहरुको आर्थिक तथा सामाजिक विकाशमा सहयोग पुग्ने उपाध्यक्ष खड्काको भनाइ छ ।
सहकारी सस्थाले प्रथम साधारणसभा सम्पन्न गर्दैगर्दा शेयर रकम ६ लाख ,४७ हजार,पाच सय,बचत संकलन पाच लाख ७८ हजार ४ सय एक्काइस ,जम्मा ॠण लगानि ८ लाख ४० हजार ,लगानिमा रहिरहेको ७ लाख ९५ हजार,रहेको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सस्थाका कोषाध्यक्ष भारती योगिले जानकारी दिइन । सहकारीले तरकारी खेतीतर्फ १ लाख,बाख्रा पालनतर्फ ५ लाख २५ हजार,भैसि पालनतर्फ ५० हजार र लोकल कुखुरा पालनतर्फ १ लाख २० हजार लगानि गरेको प्रतिबेदनमा उल्लेख गरेकोछ । सहकारीले सस्थाको आर्थिक बर्ष २०८१/८२ मा शेयर सदस्य ६ सय थप गरी १२ सय पुर्याउने देखि शेयर रकम ८ लाख ५३ हजार ५०० सय वृद्धि गरी १५ लाख पुर्याउने सम्मको लक्ष्य लिएको प्रतिबेदनमा उल्लेख गरेकोछ ।
साधारणसभामा वडा न १ का वडा अध्यक्ष रमेश भण्डारी वडा न २ का वडा अध्यक्ष डम्बर खत्री ,वडा न ४ का वडा अध्यक्ष कमल थारु ,वडा न ७ का वडा अध्यक्ष रेशम वलि, महिला सामुदायिक सेवाकेन्द्रका प्रतिनिधि नवराज अधिकारी, राष्ट्रीय सहकारी बैंक तुलसीपुरका प्रमुख पुषपा क्षेत्री,नेपाल कृषि सहकारी केन्द्रिय संघका लेखा समिती सद्स्य चिरिन्जिवी केसि, दंगीशरण गाउँपालिका कृषिसाखा प्रमुख शरु भुषाल,सामाजिक उधमि महिला संजाल नेपालका लुम्बिनी प्रदेश समिती सदस्य देविमाया थापा , कार्यपालिका सदस्य शितरा नेपालि,हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत सरद पोख्रेल लगायतले आ आफ्नो भनाइ राखेकाथिय । सस्थाको बार्षिक प्रगती प्रतिबेदन अध्यक्ष नमुना लामिछानेले प्रस्तुत गरेकिथिइन । सस्थाकी सचिव रामकलि चौधरीको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण हेफर प्रोजेक्ट नेपालकी गाउँपालिका सयोजक गोमा भट्टराईले गरेकीथिइन ।