
रोल्पा, २७ पुष । रुन्टिगढी गाउँपालिका निजामती कर्मचारी युनियनको दोस्रो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रम लाल बहादुर के.सि को अध्यक्षता एवम् नेपाली कांग्रेस रुन्टिगढी गाउँपालिका सभापति जनक पुनको प्रमुख अतिथि , विशिष्ट अतिथि नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष इन्दिरा अधिकारी , नेपाली कांग्रेस रोल्पा जिल्ला कार्यसमिति सदस्य सरिता के.सी , दिलमन बुढाथोकी , देबेन्द्र बोहोरा शिक्षक संघका जिल्ला सचिब रेशम बहादुर बुढाथोकी , ट्रेड यूनियन कांग्रेसका जिल्ला अध्यक्ष नरेन्द्रध्वज डि सी , भुपमणि पुन , चेतलाल खत्री युनियनका जिल्ला उपाध्यक्ष त्रिपुरा थापा महाधिवेशन प्रतिनिधि निम बहादुर डाँगी र बसन्त न्यौपाने , नेपाल स्वास्थ्यकर्मी संघका पूर्व अध्यक्ष बुद्धिजीवी सेजुवाल र मान बहादुर घर्ती लगाएतको उपस्थितिमा भएको थियो ।
कार्यक्रममा गोपाल पोखरेलको स्वागत मन्तव्यपछि बन्द सत्रले १२ सदस्य सहित तिलक प्रसाद चौलागाईलाई सर्वसहमत अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । त्यस्तै उपाध्यक्ष शेर बहादुर वि.क , समावेशी उपाध्यक्ष पार्वती लामिछाने , सचिव रमेश ओली
सहसचिव टंक बहादुर नेपाली , कोषाध्यक्ष लक्ष्मि दशौदी , खुल्ला सदस्य आशिक के.सी , शारदा खड्का , लक्ष्मि गिरी र विष्णु लामिछाने , सदस्य श्रेणी विहिन झग्गु विश्वकर्मा र इन्द्र बहादुर राना रहनुभएको छ भने एक सदस्य मनोनित पछि गर्ने बताइएको छ । भने प्रमुख अतिथि जनक पुनले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै निजामती कर्मचारी युनियनको नयाँ कार्यसमितिले गाउँपालिका रहेका कर्मचारीहरुको हकहितका लागि काम गर्ने विश्वास गरेको बताएका हुन । उक्त कार्यक्रमको संचालन सुबास चन्दले गरेका थिए ।