२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

तारलाई ब्यवस्थित गर्नका लागि बिजौरी उवासंघको ध्यानाकर्षण

दाङ, २८ पुष । बिजौरी उद्योग बाणिज्य संघले अव्यवस्थित र अलपत्र अबस्थामा छरिएका टेलिकम,नेट,बिद्युत लगाएतका तारहरु ब्यवस्थित गर्नका लागी सम्बन्धित निकाएको ध्यानाकर्षण गराएको छ । संघले आइतबार नेपाल विद्युत प्राधिकरण तुलसीपुर र नेपाल दुर संचार कार्यालय तुलसीपुरमा पुगी उक्त विषयमा ध्यानाकर्षण गराएको महासचिव दीपक कुमार बस्नेतले जानकारी दिएका हुन ।

उद्योग बाणिज्य संघको कार्य क्षेत्र भित्र पर्ने बिजौरी,हेमन्तपुर,दुधरास र मज्गै बजारका बिद्युत पोलमा तानिएका तारहरु अव्यवस्थित रुपमा झुन्डिएर बजारको सुन्दरता कुरुप देखिकोले र पैदल यात्रुहरुलाई असहज भएकोले यसलाई ब्यवस्थित गरि सहयोग गरिदिन सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराएको संघका अध्यक्ष रेश्मीराज खड्काले जानकारी दिएका हुन ।

त्यस अबसरमा संघका अध्यक्ष उपाध्यक्षद्वय डिल्ली केसी,चित्र बहादुर खडका र सदस्य अर्जुन कुमार रेग्मी लगाएतको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस