२०८३ भाद्र २ गते मङ्गलवार | 2026 August 18th Tuesday

नेकपा माओवादी केन्द्र घोराहीको दोस्रो अधिवेशनबारे छलफल

दाङ, २८ पुष । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र घोराही नगर कमिटिले दोस्रो अधिवेशनको तयारी स्वरुप छलफल गरेको छ । नगर कमिटि अध्यक्ष अटल चौधरीको अध्यक्षता एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भिम कुमारी बुढाको प्रमुख आतिथ्यतामा नगरका पदाधिकारी, नगर कमिटिका भातृ संगठन लगाएतसँग यही माघ १२ गते हुने दोस्रो अधिवेशनको तयारीका बारेमा छलफलसँगै जिम्मेवारी बाँडफाड गरिएको हो । जस अनुसार निर्वाचन समितिमा राम प्रसाद जैशी, अर्थिकमा दिल कुमारी बुढा, व्यवस्थापन समितिमा भागीदास चौधरी, प्रतिवेदनमा खिम बहादुर चौधरी, प्रचार / प्रसारमा प्रकाश चौधरी, र जनपरिचालमा हेमराज शर्मालाई संयोजक तोकिएको छ । अधिवेशनको उदघाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रमुख अतिथी बुढाले प्रचण्ड नेतृत्वको समयमा सरकारको गतिविधिकै स्थानीय तह उपनिर्वाचनमा उत्साह जनक परिणाम प्राप्त भएको र माओवादी केन्द्रको पक्षमा जनमत गुणात्मक रूपमा बढ्दै गएको बताएका हुन । उनले जनतासँग टुटेको पार्टी सम्बन्धलाई जोड्ने, सुधार्ने गतिविधि भइरहेको बताउँदै तेस्रो अधिवेशनलाई भब्य र ऐतिहासिक बनाउन सबैले सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे । 

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस