
दाङ, १० माघ । भाइनेट तुलसीपुर शाखाद्वारा नेपाल खो-खो महिला टिमकी टिम प्रशिक्षक उषा कवर लाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
खो खो विश्वकप २०२५ मा सहभागी भै उपविजेता बनेको नेपाली महिला टिम प्रशिक्षक ऊषा कवर (भण्डारि) लाई आज बिहिवार दाङ्ग तुलसिपुरमा Vianet तुलसीपुर शाखाले सम्मान गरेको हो ।
२४ राष्ट्र सहभागी भएको ऐतिहासिक खो-खो विश्वकपमा सहभागी भै उपविजेता जस्तो ऐतिहासिक उपलब्धी हासिल गरेकोमा बधाई र सम्मान गर्दै मायाको चिनो प्रदान गरेको थियोे ।
यस्तै टिम प्रशिक्षक उषा कवरले नेपालले विश्वकपमा आफ्नो नाम राख्न सफल भएको र अबको दिनमा अझै बिजेता हुने गरि आफ्नो तयारी रहेको जानकारी दिदै सम्पुर्ण नेपाली खेल प्रेमीहरुलाई टिम नेपालको तर्फबाट धन्यवाद व्यक्त गरेकि थिईन ।
प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार