२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

टरिगाउ ऐयर्पोर्ट बिस्तार हुन्छ: प्रचण्ड

दाङ, ११ माघ । पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङमा रहको टरिगाउ ऐर्पोर्टको स्तरबृद्दि गर्न आफुले पहल गर्ने बताएका छन । शुक्रबार बिहान तुलसीपुर उधोग बाणिज्य संघले आयोजना गरको भेटघाटका क्रममा पुर्ब प्रधानमन्त्री दाहालले राजनितिक खिचातानिका कारण रोकिएको दाङ ऐयर्पोर्टको बिस्तार अब सुचारु हुने बताएका हुन ।

नेकपा माओबादि केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले बिकासका सन्दर्भमा अहिले राजनितिक दलहरुको एजेण्डा मिल्दै गएको भान हुन थालेको भन्दै २०११ सालमा स्थापना भएको दाङ ऐयरपोर्टको बिकास र बिस्तार अब कसैले रोकेर नरोकिने बताएका हुन ।

सो अबसमा तुलसीपुर उधोग बाणिज्य संघका अध्यक्ष बिनिल केसिले संस्थागतरुपमा आफुहरुले पुर्ब प्रधानमन्त्री प्रचण्डलाई छैठ्ठौ पटक ध्याणाकर्षण गराएको भन्दै तत्काल स्तरबृद्दिका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

प्रधनमन्त्री प्रचण्ड आज शुक्रवार तुलसीपुरमा आयोजना हुने खबरदारि सभालाई सम्बोधन गर्न दाङ पुग्नुभएको छ ।उहा दुई दिन सम्म दाङका बिभिन्न कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम तय भएको दाङ जिल्ला ईन्चार्ज निर्मल आचार्यले जानकारी दिएका हुन ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस