२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

ज्ञानदीप कलेजका विद्यार्थीहरूद्वारा शैक्षिक सामग्री वितरण

दाङ, १३ माघ । ज्ञान ज्योति फाउन्डेसन अन्तर्गत सञ्चालित ज्ञान दीप कलेज बिसिए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूद्वारा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेका छन् । 

त्रिवेणी गाउँपालिका वडा नं.२ दहवनमा रहेको श्री भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री तथा पाठ्यपुस्तक हरू विद्यालयमै पुगी प्रदान गरेका छन् । श्री भगवती माध्यमिक विद्यालय त्रिवेणी २ दह वनमा रहेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा ज्ञानज्योति कलेजका एकेडेमिक कोर्डिनेटर शरद गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले विद्यालयले विभिन्न समयमा विकटमा रहेका विद्यालयहरूलाई शैक्षिक सामग्री तथा खेलकुद सामग्रीहरू वितरण गर्दै आएको बताउनुभयो विद्यार्थीहरूद्वारा प्रदान गरिएको शैक्षिक सामग्रीले यस विद्यालयमा रहेका विद्यार्थीहरूको शिक्षा सिकाई तथा खेलक्षेत्रमा सहयोगी बनोस् भन्ने उद्देश्यका साथ सामग्रीहरू वितरण गरेको बताएका हुन । कार्यक्रमका अध्यक्ष खड्काले दाङबाट रोल्पासम्म आएर विद्यार्थीहरूका लागि विभिन्न सामग्रीहरू प्रदान गरेकोमा विद्यालय र विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गरेका थिए । साथै यस्ता कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा विद्यालय शिक्षक अभिभावक समितिका अध्यक्ष ओम प्रकाश थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य इन्द्रकला रोका, उप प्राध्यापक रमेश नकाल लगायतले मन्तव्य राखेका थिए । भगवती माध्यमिक विद्यालयका प्र अ हिमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ज्ञान ज्योति कलेजका प्राध्यापक सन्तोष केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस