२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

बैंक चोरी गर्न गएको आरोपमा चौधरी पक्राउ

दाङ, १३ माघ । दाङको तुलसीपुर स्थित एनएमबी( NMB) बैंकको शाखा कार्यालयमा चोरी गर्न गएको आरोपमा एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार विहानको २ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका ५ स्थित एनएमबी( NMB) बैंकको शाखा कार्यालयमा चोर पसेको भन्ने जानकारी प्राप्त भएपछि ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी निरीक्षक बिनोद राज खत्रीको नेतृत्वमा खटिएको टोलीले च्यानल गेटको ताला तोडेर कोलियाबाट भित्र पसेको चोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १८ निवासी २७ वर्षीय सन्तोष चौधरी रहेका छन ।

सन्तोष चौधरीको साथबाट प्रहरीले हथौडा, छिना, पिलास, ह्याक्सा बिलेड र रा ५ प ९७९ नम्बरको स्कुटी पनि बरामद गरेको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस