२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ज्ञान ज्योति मावि प्रथम

दाङ, १९ माघ । दाङ तुलसीपुरमा रहेको ज्ञान ज्योति माध्यमिक  विद्यालय पिईए इन्स्टिच्युट अफ काठमाडौँद्वारा आयोजना गरिएको दाङ जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । 

दाङ जिल्लामा रहेका विभिन्न विद्यालयहरूमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूकाे सहभागितामा रहेका ५६ वटा टिमहरुलाई पछि पार्दै ज्ञान ज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययन गर्ने छात्र दिपक कुमार राणा र लेजिङ डाँगीले प्रथम स्थान हासिल गरेका हुन । 

प्रथम स्थान हासिल गरेको ज्ञान ज्योति माध्यमिक विद्यालयले नगद १० हजार सहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गरेको विज्ञान संकाय कक्षा ११ का  कोर्डिनेटर जितेन्द्र बस्नेतले जानकारी दिएका हुन ।

साथै गत महिना दाङ जिल्लामा कलेज रिडर्स काठमाडौँले सञ्चालन गरेको जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगितामा ज्ञानज्योति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको थियो ।

ज्ञान ज्योति माध्यमिक विद्यालय दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको विद्यालयको रुपमा परिचित छ । विद्यालयले विभिन्न समयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस