२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

खत्रीको पहलमा २ वर्षीय बालिकाको उपचारको लागी सहयोग संकलन

दाङ, २४ माघ । बबई गाउँपालिका वडा नं.४ निबासी हाल दुबईमा रहेका अम्मर बहादुर खत्रीको पहलमा २ वर्षीय आकृति खत्रीको उपचारको लागी बिदेश देखी ठुलो मात्रामा आर्थिक सहयोग आएको हो ।

 बबई गाउँपालिका वडा न ४ बस्ने डम्बर बहादुर खत्री को छोरी २ वर्ष १० महिनाको आकृति खत्रीको लामो समय देखि फोक्सोमा समस्या भई कान्तिबाल अस्पताल काठमाण्डौमा उपचार भैरहेको र खत्रीको आर्थिक स्थिति निकै कमजोर भएको कारण औषधी उपचार गर्न निकै कठिनाइ भैरहेको बेला खत्रीको पहलमा दुबई देखी 583.5 DHM तथा नेपाली रु. २१ हजार ६ सय ५९ आर्थिक सहयोग आएको छ ।

२ वर्षीय बालिका आकृतिको फोक्सोको अप्रेसन गर्नु पर्ने भएको हुँदा अझ सकेको सहयोग गर्न समेत परिवारले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस