२०८३ असोज १६ गते शुक्रवार | 2026 October 2nd Friday

एन्एमबी लघुवित्त द्वारा ग्राहक केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम

रुकुम, २५ माघ । रुकुम जिल्लाको मुसिकोट नगरपालिका वडा न. १ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड  शाखा कार्यालय मुसिकोटले  ग्राहक केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । 

शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संचाल्न गर्दै आईरहेको छ ।

उक्त अभियानमा कर्जाको आवश्यकता ,बचत को प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनपर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा  ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा  सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको शाखा कार्यालय मुसिकोट का शाखा प्रबन्धक बेग बहादुर वली ले जानकारी दिएका हुन ।

मुसिकोट गरपालिका वडा न. १ देखि १४ वटै वडाका करिब १८०० घर धुरिलाई सेवा दिदै आएको यस एनएमबि लघुवित शाखा कार्यालय मुसिकोट रुकुम जिल्ला बाँफिकोट गाउँपालिका, सानी भेरी गाउँपालिका,त्रिबेणी गाउँपालिका, मुसिकोट नगरपालिकामा आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ । गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नं. ८ न्युरोड कास्किमा केन्द्रिय कार्यालय रहेको यस लघुवित्तका ७ वटा प्रदेशमा १४८ वटा शाखा कार्यालय रहेका छ्न ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस