२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

राप्ती विद्या मन्दिरको अभिभावक भेला

दाङ, २८ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित राप्ती विद्या मन्दिर माध्यामिक विद्यालयमा अभिभावक भेला भएको छ । सोमबार विद्यालय ब्यबस्थापन समितिका निर्मला डाँगीको अध्यक्षता तथा प्याबसन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

 त्यस अवसरमा राप्ती विद्या मन्दिर पुरानो विद्यालय भएको बताए । कार्यक्रममा गुण्स्तर बृद्धि गर्नकालागि अभिभावक, शिक्षक र विद्यार्थीको भूमिका महत्वपूर्ण रहने समेत बताए । 

कार्यक्रममा बिशिष्ट अतिथि बासुदेव रिजाल, डम्बर डाँगी, पत्रकार शोभा डाँगीलगायतको सहभागिता रहेको थियो ।

गुठियार सदस्य एवं शिक्षिका उशा डाँगीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा उत्कृष्ट शिक्षक, लेखापाल,लेखराज न्यौपाने, शिक्षक शोभा बुढाथोकी तथा अभिभावकहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक हिमसागर सुवेदीले विद्यालयको प्रगति विवरण समेत पेश गरेका थिए । कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक चुर्णबहादुर केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस