२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

तुलसीपुर महोत्सवमा आज शर्मा, परियार र महरको प्रस्तुति रहने

दाङ, ७ फागुन । दोस्रो कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापारिक तुलसीपुर महोत्सव २०८१ अन्तर्गत आज चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ । आजको विशेष प्रस्तुतिमा गायक पुष्कल शर्मा, गायिका सिम्रन परियार, गायक एम.टी. महर लगायत चर्चित कलाकारहरूको धमाकेदार प्रस्तुति रहनेछ । साथै, स्थानीय कलाकारहरूको समेत सहभागिता रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिएका छन ।

संयोजक खड्काका अनुसार, आजका लागि टिकटहरू हिजो नै बिक्री भइसकेका छन् । सार्वजनिक बिदा परेको कारण महोत्सवमा दर्शकहरूको उपस्थिति अत्यधिक रहने अनुमान गरिएको छ, महोत्सव सञ्चालन समितिका अध्यक्ष ऋषिराज भण्डारीले बताएका हुन ।

फाल्गुन १ गतेदेखि सुरु भएको तुलसीपुर महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ । “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सञ्चालन गरिएको महोत्सवले कृषि, पर्यटन, व्यापार र संस्कृतिको प्रवर्द्धन गर्दै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने, स्वदेशी व्यापारलाई प्रवर्द्धन गर्ने तथा स्वरोजगारका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको छ ।

तुलसीपुर चेम्बर अफ कमर्सको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षकत्वमा महोत्सव जारी रहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस