२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

चलचित्र पत्रकार संघ दाङको साधारण सभामा पत्रकार पुरस्कृत

दाङ, ११ फागुन । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले १६औ साधारण सभा सम्मान तथा पुरस्कार बितरण कार्यक्रम गरि सम्पन्न गरेको छ । दाङ शाखा अध्यक्ष सन्तोष केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले चलचित्र क्षेत्रको विकासका लागि आफुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । उनले कुनै पनि जातिको उत्थान, संस्कृतिका बिषयमा चलचित्र निर्माण गरि जातजातिको सस्कृति जर्गेना गर्न चेतना दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले रंग क्षेत्र राष्ट्रिय गौरवको क्षेत्र भएकोले यो क्षेत्रमा कलम चलाउन चासो देखाउनुपर्ने बताए । यसैविच साधारण सभाको अवसरमा संघले जिल्लामा रही पत्रकारिताका क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । कार्यक्रममा देवालोचन रङ्ग पत्रकारिता पुरस्कारबाट नगद एघार हजार एघार सय ११ सहित पत्रकार धुव्रराज न्यौपाने, चमनबहादुर रङ्ग पत्रकारिता पुरस्कारबाट पाँच हजार पाँचसय ५५ सहित पत्रकार देवेन्द्र बस्नेत, भागवत बसन्ता रंगपत्रकारिता पुरस्कारबाट पाँच हजार पाँचसय ५५ सहित पत्रकार एकराज भण्डारी, भीम टीका रङ्ग पत्रकारिता पुरस्कारबाट पत्रकार जयन्ती चौधरी, चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार झग्गु भण्डारी र मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट पूर्ण केसी पुरस्कृत भएका हुन ।

यस्तै, महासंघका केन्द्रीय सदस्य एवम रेडियो हाइवेका समाचार सम्पादक लिला शाह, रेडियो प्रकृतिका ओपेन्द्र बस्नेत, अन्नपूर्ण दैनिकका गोपाल शर्मा भट्टराई, गोरक्ष राष्ट्रिय दैनिकका बालाराम खड्का, कान्तिपुर टेलिभिजनका अमर क्षितिज भण्डारी र दीपक कुमाललाई सम्मान गरिएको हो ।

दाङ शाखा उपाध्यक्ष पूर्ण केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रिय सदस्य ध्रुव राज न्यौपाने, चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयोजक शिव पुन, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य लिला शाह, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्य, प्रेस युनियन दाङका अध्यक्ष नारायण खडका, प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकाल, प्रेस सेन्टर दाङका सचिव दीपक बोहरा, जनपत्रकार संगठनका अध्यक्ष हेमन्त प्रकाश वली, रासस दाङका प्रमुख नारायणी आचार्य, फोनिज दाङका अध्यक्ष दिप्तीशीखा चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य बिमल गौतम लगायतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण सचिव निरला अर्याल गैरेले गरेकि थिईन ।

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस