२०८३ भाद्र १ गते सोमवार | 2026 August 17th Monday

तुलसीपुरमा आज बद्री पंगेनी आउँदै

दाङ, १३ फागुन । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन् ।

“स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायन संगै उत्कृष्ट नृत्य  प्रस्तुति समेत रहने छ ।

महोत्सवको फागुन १३ गतेको विशेष आकर्षणका रूपमा  चर्चित लोकदोहोरी गायक बद्री पंगेनी, गायिका एन्जिला रेग्मी प्रीति गुरुङ, गीता सेन्चुरी, प्रकाश प्रिय कुसुम्या लगायतका थुप्रै कलाकारहरू रहेको सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी गराए ।

 विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता, तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति समेत समावेश गरिने आयोजकले जनाएको छ । यसैगरी कार्यक्रम उद्घोषणका रूपमा चर्चित कार्यक्रम उद्घोषीका एवं गायिका शोभा त्रिपाठी को उद्घोषण रहने छ ।

 महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ । महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवर्द्धन गर्न आयोजकले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस