दाङ, १५ फागुन । तुलसीपुरबाट सञ्चालन भइरहेको रिसर्च राप्ती मिडिया प्रालि तथा अनलाइन राप्ती डटकम आज देखि छैटौँ औँ वर्षमा प्रवेश गरेको छ । २०७६ साल फागुन १५ गतेदेखि सञ्चालन भएको यस अनलाइन राप्ती छैटौँ औँ वर्षमा प्रवेश गरेको हो । यो अवसरमा प्रालिका प्रबन्ध निर्देशक निर्मल न्यौपानेले सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता, स्रोत व्यक्तिहरू, सम्पूर्ण टिम सदस्यहरू र सहयोगीहरूलाई हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन् ।
उनका अनुसार पत्रकारिताको माध्यमबाट सत्य, तथ्यपूर्ण र निष्पक्ष समाचार तथा जानकारी प्रवाह गर्ने आफूहरूको उद्देश्यलाई सबैको निरन्तर साथ, समर्थन र विश्वासले अझ बलियो बनाएको छ । उनले यो यात्रा सम्भव बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान दिनुहुने सबैलाई धन्यवाद दिएका छन् । यस्तै आगामी दिनहरूमा पनि पाठक, शुभचिन्तकहरूको माया, सुझाव, र समर्थनको अपेक्षा गरेको समेत उनले बताए ।
यस्तै उनले हरेक चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै आफूहरूले सबैको विश्वास र सहयोगबाट यो अवस्थासम्म स्थापित हुन सफल भएको भन्दै यस संस्थाले स्थानीय समाचारहरूलाई पहिलो प्राथामिकतामा दिएर समाजको आवाजहरू उठाउँदै आइरहेको र यसलाई अझै थप रूपान्तरण गर्दै लैजाने उद्देश्य रहेको समेत बताए ।