२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

तुलसीपुर महोत्सवमा आज चर्चित गायक रेउले आउँदै

दाङ, १६ फागुन । तुलसीपुरमा जारी महोत्सवमा आज चर्चित गायक कृष्ण रेउलेको प्रस्तुति रहने भएको छ । रेउले नेपाली लोकदोहोरीका लोकप्रिय गायक हुन । उनका गीतहरूले युवापुस्तादेखि ज्येष्ठ नागरिकसम्मका दर्शक श्रोतालाई आकर्षित गर्दै आएका छन् । 

महोत्सवमा आज चर्चित गायक नरेश खातीको पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिएका हुन । महोत्सवस्थलमा आज पनि ठूलो संख्यामा दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ । 

महोत्सवमा आज लोकप्रिय गायक कृष्ण रेउले, नरेश खाती, गायिका रेश्मा पुन, आशा बिसी, गिता सेन्चुरी, छायाँ बुढाथोकी, गायक शिवा संगित,थमन भण्डारी, डान्सर तिर्सना बुढा लगायतको प्रस्तुति रहने साँस्कृतिक संयोजक खड्काले बताएका हुन । 

तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेदेखि महोत्सव संचालन भइरहेको छ । महोत्सव आज सकिने तालिका रहेपनि समापनको कुनै तयारी नभएको हुँदा थप हुन सक्ने आयोजकले जनाएको छ । 

तुलसीपुर महोत्सवले व्यवसाय प्रवद्र्धनसँगै सांस्कृतिक कार्यक्रममार्फत स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरिरहेको छ । महोत्सवमा कृषि, व्यापार तथा घरेलु उद्योगका सामग्रीहरूको प्रदर्शनी तथा बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि भइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले बताएका हुन । महोत्सवले कृषि, व्यापार तथा पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको उनले बताएका हुन ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस